कृषकदेखि सङ्कलन केन्द्रसम्म दूध सफा राख्नुपर्नेमा जोड

पोखरा, पुस ६ गते/कृषकदेखि सङ्कलनकेन्द्रसम्म दूध सफा भएमात्र मानिस स्वास्थ्य रहने क्षेत्रीय पशु स्वास्थ्य कार्यालयका निर्देशक डा. वंशी शर्माले बताएका छन् । कृषि विकास मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजनाबाट अनुग्राही पन्थि डेरि प्रालिको उपआयोजनामा पोखरामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा शर्माले सबैले दुध सफा राख्नु पर्ने बताए । पारदर्शिताका आधारमा दूग्ध व्यवसायलाई सञ्चालन गर्नुपर्ने बताउँदै उनले वार्षिक १५ लाख मेट्रिक्टन भन्दा बढि दूध नेपालमा उत्पादन हुने भन्दै सबै दूध काठमाण्डौमा नै जाने गरेको बताए ।

गोठदेखि ओठसम्म दूध सफा रहनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा क्षेत्रीय प्राविधिक सहयोग समूह प्याक्ट तथा मूल्य श्रृङ्खलाका विशेषज्ञ महेन्द्र बहादुर थापाले स्वास्थ्यका लागि दूध अमृत हुने बताउँदै सबैभन्दा धेरै दूध नेपालमा उत्पादन हुने बताए । थापाले पन्थि डेरिको कामले नै विश्व बैंकको सहयोग प्राप्त गरेको बताए । सो अवसरमा डेरिका व्यवस्थापक धर्मराज पन्थिले कार्यपत्र प्रस्तुत गर्दै विश्व बैंकको प्राप्त सहयोग अन्तर्गतको पहिलो किस्ताले भौतिक पूर्वाधारको काम सकिएको बताए ।

उनले १ करोड १४ लाख ५६ हजार रुपैयाको अनुदानमा ७४ लाख ५६ हजार रुपैयाको लगानीले भौतिक पूर्वाधार निमाण गरेको बताए । डेरिका सञ्चालक तथा अध्यक्ष रेशम पन्थिको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला खाद्य निरिक्षक शिवजी बराल, डेरिका सल्लाहकार राजन अर्याल, किसान भरतराज दवाडी, रामचन्द्र दवाडी, निशा पन्थि लगायतका वक्ताहरुले धारणा राखेका थिए । सो अवसरमा डेरिका अध्यक्ष रेशम पन्थिले काठमाण्डौ, बुटवल, भैरहवा, नारायणगढ लगायतका स्थानमा छिट्टै आफनो सेवा सुरु गर्ने बताए ।

कमेन्टहरु
Loading...