तनहुँ संवादाता ।
बन्दीपुर गाउँपालिकाले होमस्टेलाई प्रर्वद्धन गर्न रामकोटमा अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार गाउँपालिकाको आयोजनाका बन्दीपुर–३ रामकोटमा जिल्लाका पाँच पालिकाका जनप्रतिनिधि, पत्रकार तथा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।
पछिल्लो समय थला परेको बन्दीपुरको पर्यटन क्षेत्र उकास्नको लागि गाउँपालिकाले स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षसहितको टोली र क्रियाशील पत्रकारहरुसँग छलफल चलाएको हो ।
कोरोनाका कारण प्रभावित बनेको ग्रामिण पर्यटनलाई लयमा फर्काउन के गर्न सकिन्छ भन्ने विषयमा समेत केन्द्रीत रहेर सुझाव संकलन गरिएको थियो ।
साथै पर्यटकलाई आकर्षित गर्न विभिन्न संरचना निर्मााण तथा अर्गानिक परिकारका खानाहरुको स्वाद र परम्परागत सस्कृतिहरु पस्किन सक्ने विभिन्न मनोरन्जनात्मक सामग्रीसमेत प्रस्तुत गर्नुपर्ने धारणाहरुबीच छलफल भएको थियो ।
गाउँपालिकाले जिल्लाका पाँच स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर रामकोट सामुदायिक होमस्टेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको गाउँपालिकाका प्रमख प्रसासकीय अधिकृत महेश सुवेदीले बताए ।
‘सबैभन्दा बढी होमस्टे भएको ठाउँ बन्दीपुर हो । यहाँ धेरै नै होमस्टे संचालनमा थियो । तर कोरोना कहरका बीच होमस्टे प्रभावित बन्यो । त्यसैले फेरी होमस्टेको माध्यमबाट ग्रामिण पर्यटनलाई प्राथमिकतामा राख्ने प्रयास गरेका हौं प्रमुख प्रसासकीय अधिकृत सुवेदीले भने ।
‘अन्तरक्रिया कार्यक्रम सकिएपछि ५० जनाको टोलीलाई होमस्टेमानै बस्ने व्यवस्था पनि मिलायौ । यहाँको अर्गानिक खानाका परिकार तथा फुलमालाको स्वागत देख्दा कोरोना आउनु भन्दा पहिलेको जस्तै अनुभुति दिलायो,’ उनले भने ।
होमस्टेमा आएका पाहुनालाई फुलमालाले स्वागत गर्नुका साथै अर्गानिक परिकार खुवाइएको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आलले बताइन् ।
चुलो र चौकोमा सिमित रहेका महिलाहरुले होमस्टे संचालन गरेर आर्थिक स्तर बढाएका थिए । तर पछिल्लो समय भएको बन्दाबन्दीले ग्रामिण पर्यटन क्षेत्र प्रभावित बनेको उनले बताइन् ।
‘अव फेरी पाहुनाको आगमन बढ्ने अपेक्षाका साथ फेरी हामस्टे जुरमुराउने आसा पलाएको छ,’ उनले भनिन् ।
बन्दीपुरका होमस्टेहरु स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित तरीकाले संचालन भएको हुँदा प्रचार प्रसार गरीदिन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले पत्रकारसँग आग्रह गरे।
उनले कोभिड– १९ आउनु अगाडि पनि बन्दीपुरको पर्यटन प्रर्वद्धन गर्न पत्रकारको ठुलो भुमिका रहेको भन्दै सन्चारकर्मीलाई पहिलेजस्तै सहयोगको अपेक्षा गरेको बताए ।
‘पत्रकारकै कारण बन्दीपुरले कोल्टे फेर्यो जसका कारण गतवर्ष डेढ लाख पर्यटकहरु बन्दीपुर घुम्न आएका थिए । पर्यटकहरु यहाँको कला संस्कृति तथा परम्परागत संस्कृतिका घरहरुको बारेमा छापिएको समचार हेरेर यहाँ आएका हुन् । त्यसैले प्रचारप्रसार नै पर्यटनको महत्वपुर्ण पाटो भएकाले सबैको सहयोग अपरिहार्य रहेको छ,’ उनले भने ।
व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले होमस्टेको प्रवद्र्धन गर्न सबैले आ आफ्नो तवरबाट सहयोग गर्नुपर्ने बताए।
उनले अव होमस्टेलाई पुरानै लयमा फर्काउनको लागि संरचना निर्माण गर्ने र पर्यटकलाई आकर्षित गर्न मनोरनजनात्मक सामग्री बनाउनुपर्ने र अर्गानिक खानाका परिकार तथा परम्परागत सांस्कृतिक कार्यक्रमहरु संचालन गर्नुपर्ने कुरामा जोड दिए ।
बन्दीपुर गाउँपालिकाले आयोजना गरेको अन्र्तक्रिया तथा छलफल कार्यक्रममा जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको थियो ।
बिहिबार विहान होमस्टेमा आएका जनप्रतिनिधि र पत्रकारलाई टिका तथा फुलमाला लगाएर बिदाइ गरिएको थियो ।