संसद बिघटनको बिरुद्ध पोखरामा पनि नागरिक समाजले आन्दोलन गर्ने

पोखरा \प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारले संसद बिघटन गरेको बिरोधमा काठमाडौँमा केहि दिन अगाडी नागरिक समाजले बालुवाटारमा मार्च गरेको थियो । नागरिक समाजकोक आन्दोलनमा भएको प्रहरी दमनले मिडिया र सामाजिक संजालमा राम्रै स्थान पाएको थियो । काठमाडौँमा नागरिक आन्दोलन भएसँगै पोखरामा पनि माघ १७ गतेबाट बृहत नागरिक आन्दोलन हुने भएको छ ।

साहित्यकार गनेस पौडेल,तिर्थ श्रेष्ठ,कलाकार सुनिल सिग्देल , साहित्यकार उपेन्द्र पौडेल ,राजेन्द्र पौडेल,अनिकर्मा ,सुदर्शन पौडेल,निर्मला न्यौपाने ,आस्था नेपाली र हेमन्त पहारीले एक बिज्ञप्ती जारी गर्दै माघ १७ गते बृहत नागरिक आन्दोलनका लागि आब्हान गरेका छन् ।

बिज्ञप्तीमा सरकारले गरेको संसद बिघटनको बिरुद्ध हुने आन्दोलनमा स्वतन्त्र हिसाबले सहभागी हुनका लागि पोखराबासिलाई आग्रह गरेका छन् । शनिबार दिउँसो ३ बजे मानबअधिकार चोकबाट आन्दोलन सुरु हुने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...