प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा विवादास्पद टिप्पणी गरेका छन् ।
विहिवार विहान थापाले प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथको पूजा गर्न गएको र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको दुई तस्वीर राखेर फकर छुट्याउ शैलीमा टिप्पणी गरेका हुन् ।
पहिलो तस्वीर –
प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो ।
सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो ।
पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ ।
दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।
दोस्रो तस्वीर –
पुष्पकमल दाहाल”प्रचण्ड” ले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो !
भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन ।
बुझ्ने आआफ्नै स्तर हुन्छ ।
फरकचाहिं यत्ति हो !’
पहिलाे तस्बिर –
प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८:३० बजे श्री…Posted by Surya Thapa on Wednesday, January 27, 2021