कोरोनाविरुद्धको खोप सुरक्षित छ, ढुक्क भएर लगाउनुस्ः स्वास्थ्यकर्मी

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप सुरक्षित रहेका र निश्चिन्त भएर लगाउन पहिलो चरणमा खोप लगाएकाहरुले आग्रह गरेका छन् । नेपालमा पहिलो चरणको खोप टेकु अस्पतालमा निर्देशक डा.सागर राजभण्डारीसहित डा.अनुप बास्तोला तथा जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा.रुणा झाले लगाएकी थिइन् ।

यो अभियानमा साथ दिन तथा खोप सुरक्षित भएकाले निश्चिन्त भएर लगाउन उनीहरुले आग्रह गरेका हुन् ।

भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड भारतमा पनि ७० प्रतिशत प्रभावकारी मानिएको छ । सोही खोप भारतले १० लाख डोज अनुदान स्वरुप नेपाललाई दिएपछि आजबाट यो अभियान नेपालमा सुरु भएको हो ।

खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । केही साइड इफेक्ट पनि देखिन सक्ने समाचारहरु आइरहेको समयमा खोप लगाएका चिकित्सकहरुले यो खोप सुरक्षित भएको दावी गरेका हुन् ।

देशभरीबाट सुरु भएको खोप अभियानमा टेकु अस्पतालमा १ जना वृद्धले समेत खोप लगाएका छन् । सोही अस्पतालमा कार्यरत रेडियोलोस्टि नेत्रबहादुर अमात्यले खोप लगाएका छन् । उनको उमेर ८० वर्ष रहेको छ ।

आजबाट सुरु भएको खोप अभियानमा स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मी तथा सरसफाइकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

कमेन्टहरु
Loading...