पूर्वसभामुख ढुंगानासहित ४ जना पूर्व प्रधानन्यायधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानासहित ४ जना पूर्वप्रधानन्यायधीश विरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै टिप्पणी गरेका ४ जना पूर्व प्रधानन्यायधीश सहित पूर्वसभामुख ढुंगानाविरुद्ध मुद्दा दर्ता भएको हो । राजाराम घिमिरेले पूर्व सभामुख ढुंगाना तथा ४ जना पूर्व प्रधानन्यायधीशलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

पूर्व सभामुख ढुंगानाले सडकबाट न्यायधीश तान्ने दिन नआओस् भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै पूर्व प्रधानन्यायधीश सुशिला कार्की सहित मीनबहादुर रायमाझी, अनुपराज शर्मा तथा कल्याण श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक तथा गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए । रिट दायर गरेका घिमिरेले ४ जनाविरुद्ध नै विचाराधीन अवस्थामा रहेको मुद्दाका विषयमा टिप्पणी गरेर अदालतको नै अवहेलना गरेको उल्लेख गरेका छन् । उक्त रिटमा उनीहरुको टिप्पणीले विचाराधीन मुद्दामा हस्पक्षेप भएको बताइएको छ ।

उनीलाई आफैं उपस्थित भएर जवापल दिन पनि रिटमा भनिएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत अदालतको अवहेलना गरेको भन्दै २ थान मुद्दा दर्ता भएका छन् ।

कमेन्टहरु
Loading...