पोखरामा थप ३१ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९, ३६, ४६ र ६१ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

५ नम्बर वडामा ३८ वर्षीय १ जना महिला तथा २२ वर्षीय १ जना पुरुष सहित २ जना तथा ७ नम्बर वडामा ३६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ८ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३ र ३६ वर्षीय २ जना महिला तथा ३३ र ५३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १० मा ३३ र ६० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ११ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४४ र ४९ वर्षीय २ जना महिला तथा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१४ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वाडमा २४ तथा ६८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३ र ३२ वर्षीय २ जना महिला तथा २७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३९ वर्षीय १ जना महिला तथा ५२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १८ मा ३१ वर्षीय १ जना पुरुष तथा २० मा ६० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२६ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वाडमा ३१ र ५७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ३० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वाडमा ३० र ३५ वर्षीय २ जना महिला तथा ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३१ मा ५० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु बाग्लुङमा ३ जना, तनहुँमा १ जना तथा स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ४ सय ३७ पुगेको छ ।

कमेन्टहरु
Loading...