सिनेमाले संस्कृति र स्थानको प्रचारप्रसारमा भूमिका खेल्छः चलचित्र निर्देशक थापा

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको सिनेमा संवाद कार्यक्रमको पहिलो सेसन सुरु भएको छ । पहिलो सेसन अन्तरगत ‘सिनेमा र पर्यटन’ विषयमा छलफल भएको छ । जसको सहजकर्तामा बासुदेव मिश्र तथा वक्तामा पर्यटन व्यवसायी गोपी भट्टराई सहित निर्देशक सुदर्शन थापा रहेका छन् ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी भट्टराईले सिनेमाले कुनै पनि देशको संस्कार तथा संस्कृति तथा स्थानको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्न बताए । उनले भने, ‘सिनेमाहरुले संस्कार संस्कृति र स्थानको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।’ सिनेमाले हरेक देशभित्र लुकेका पर्यटकीय तथा मनोरम दृश्य देखिन क्षेत्रलाई उजागर गर्न सहयोग पुग्ने भट्टराईको भनाई रहेको छ ।

त्यस्तै चलचित्र निर्देशक थापाले नेपाली सिनेमाले नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । पर्यटन प्रवद्र्धनका लागि सिनेमा क्षेत्रले योगदान पु¥याए पनि नेपाल सरकारले कुनै सहयोग नगरेको निर्देशक थापाको गुनासो रहेको छ ।

स्थानीयको भने भरपुर सहयोग रहेको थापाले बताएका छन् । कार्यक्रममा बोल्दै निर्देशक थापाले आफूले पर्यटन क्षेत्रको विकासका लागि नै भनेर चलचित्र नबनाएको भए पनि सिनेमाले नेपालमा लुकेका सुन्दर पर्यटकीय क्षेत्रको प्रचारप्रसार भएको दावी गरे । कार्यक्रममा थापाले सिनेमाका कारण चर्चित बनेका विभिन्न स्थानहरुको विषयमा समेत चर्चा गरेका थिए ।

कार्यक्रममा सहजकर्ता मिश्रले पर्यटन तथा चलचित्र किन संगै अगाडि बढ्न सकेन भन्ने प्रश्न राख्दा दुवै जना वक्ताहरुले सही समायोजन हुन नसक्दा समस्या आएको स्वीकार गरेका थिए ।

कमेन्टहरु
Loading...