लमजुङ जेसिज वर्ष २०२१ को नेतृत्वमा श्रेष्ठ

लमजुङ । लमजुङ जेसिज वर्ष २०२१ का लागि अध्यक्ष पदमा विकास श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सन्तोष श्रेष्ठ, पुजा दनाई रहेका छन् । उपाध्यक्षमा गोमा जोशी, नारायणप्रसाद सेढाइ, विष्णु उपाध्याय र रोशन खतिवडा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा देवेन्द्र गुरुङ, कानुनी सल्लाहकारमा आइसा मिया र कोषाध्यक्षमा प्रेम गुरुङलाई चयन गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई निर्वतमान अध्यक्ष रहमतदिन मियाले सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्ना पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । लमजुङ जेसिजले वर्ष २०२० मा विभिन्न माध्यमबाट जेसिजलाई सफल बनाएको बताउँदै जेसिजका रहमतदिन मिया, सुरेशकुमार प्रधान, आईसा मियाँ, पायल शर्मा दनाई, जनक श्रेष्ठ, र गोमा जोशीलाई सम्मान गरेको थियो ।

लमजुङ जेसिजको ११ औं पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले ब्यक्तित्व र नेतृत्व विकास गर्ने लक्ष्य रहेको जेसिजले समाज परिर्वतनमा विषेश भूमिका खेलेको बताएका छन् । युवा शाक्ति, सोच र उर्जालाई सशक्तीकरण गरेर रुपान्तरण गर्ने र जेसिज तथा युवासंग समन्वय गर्दै नगरपालिका अगाडी बढ्न तत्पर रहेको उनले बताए । कुलतमा फसेका युवालाई जेसिजमा आवद्ध गराउँदै समाजमा उत्कृष्ट काम गरेर स्थापित भएमा जेसिजको गौरव अझ उच्च रहने नगर प्रमुख अर्यालको भनाई छ ।

कमेन्टहरु
Loading...