राजनीतिक दलका नेताले कोरोनाविरुद्ध खोप नलगाउने

काठमाडौं । माघ १४ गते अर्थात् भोलिबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिंदै छ । भारतले आफ्नो देशको सिरम इन्स्टिच्युटमा उत्पादित कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ १० लाख डोज नेपाललाई अनुदान स्वरुप प्रदान गरेको थियो । सोही खोप पुगेका अस्पतालहरुमा भोलिबाट लगाउन सुरु गरिने छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पहिलो चरणमा कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका फ्रन्टलाइनरलाई खोप दिइने छ । सरकारले पहिलो चरणमा ४ लाखभन्दा बढीलाई खोप लगाउने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट उद्घाटन गर्ने खोप अभियानमा दोस्रो चरणमा ९ लाख नागरिकलाई खोप लगाइने बताइएको छ । खोप लगाउँदा केही नहुने भन्दै निर्धक्कसंग लगाउन सरकारले आग्रह गरेको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउँदा फारम भनुपर्ने र दोस्रो पटक लगाउन जाँदा समेत सोही फारम लिएर जानुपर्ने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

खोप लगाउनका लागि सरकारले हाल ज्येष्ठ नागरिक तथा महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पतालका कर्मचारी, बिरामी तथा उनीहरुका सम्बन्धित व्यक्तिहरुलाई समेत कोरोना विरुद्धको खोप लगाइने छ । राजनीतिक दलका प्रतिनिधिभन्दा कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वास्थ्यकर्मीहरु पहिलो प्राथमिकातमा परेका हुन् ।

यता राजनीतिक दलका शीर्ष नेताहरुले भने कोरोना भाइरसविरुद्धको खोप नलगाउने बताइएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि भने उनीहरुले नयाँ बानेश्वरको रहेको संसद भवनमा नै कोरोना परीक्षण गराएका थिए । तर खोप भने प्रयोग नगर्ने बताइएको छ । संसद अधिवेशनका भाग लिनुपर्ने बताउँदै उनीहरुले कोरोना परीक्षण गराएका थिए । तर हाल राजनीतिक दलहरुले संसद विघटन भइसकेको अवस्थालाई मध्यनजर गर्दै कोरोना भाइरसविरुद्धको खोप नलगाउने बताइएको छ ।

करिब ६० लाख नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निशुल्क उपलब्ध गराउने सरकारले तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इच्छुकले यो खोप प्रयोग गर्न सक्नेछन् । दोस्रो चरणमा ल्याइने खोप सञ्चारकर्मी सहित सुरक्षाकर्मी तथा सर्वासधारणका लागि प्रयोग गरिने भएको छ । २० प्रतिशत खोप कोभ्याक्स कार्यक्रमबाट तथा ४० प्रतिशत व्यक्तिलाई कोरोनाविरुद्धको खोप खरिद गरेर भएपनि लगाइने सरकारको तयारी छ । जबरजस्ती खोप लगाउन राज्य कसैलाई पनि कर नगर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । खोप लगाइसकेपछि केही असर गरेको खण्डमा सरकारले नै उपचार गर्ने उनले स्पष्ट पारेका छन् ।

कमेन्टहरु
Loading...