जुन समुहले अध्यक्ष दिन्छ, सोही समुहमा गएर एकता अभियानलाई निरन्तरता दिन्छुः उपाध्यक्ष गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी हाल २ पक्षमा विभाजित भइसकेको छ ।

नेकपा प्रचण्ड–नेपाल पक्ष तथा ओली पक्ष गरेर २ पक्षमा विभाजित भएको हो । पार्टी विभाजित भइसकेको औपचारिक घोषणा भइसकेको छैन भने निर्वाचन आयोगले पनि नेकपालाई विभाजित पार्टीका रुपमा स्वीकार नगर्ने निर्णय गरिसकेको छ ।

सैबीच पार्टीका उपाध्यक्ष बामदेव गौतमले कुन पक्षमा लाग्ने भन्ने निक्र्यौक गरिसकेका छैनन् । आफूले अझै पनि एकताको पक्षमा रहेको भन्दै नेता गौतमले एकता अभियान पनि सञ्चालन गरेका छन् । नेकपाको ओली तथा प्रचण्ड–नेपाल दुवै पक्षले उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा ल्याउन लामै कसरत गरेको भए पनि उनले आफू एकताको पक्षमा रहेको भन्दै कुनै पनि पक्षमा जान अस्वीकार गरे ।

तर यतिबेला उपाध्यक्ष गौतमले जुन समुहले आफूलाई अध्यक्ष दिन्छ सोही समुहमा जाने बताएका छन् । यही माघ १४ गतेबाट एकता अभियान सञ्चालन गर्ने घोषणा गरेका उपाध्यक्ष गौमतले आफूलाई अध्यक्ष पद जसले दिन्छ सोही पक्षमा लाग्ने बताएका हुन् ।

उनले अध्यक्ष पाएपछि जुन समुहमा गए पनि पार्टी एकता अभियानलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन् । कुनै समुहका जान एकता अभियान नचलाएको उनको दावी छ । नेकपा उपाध्यक्ष गौतमले पार्टीभित्र आफूले कुनै पनि गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको बताएका छन् । आफूसंग हाल हरि पराजुली बाहेक कोही केन्द्रीय सदस्य नभएको उनको भनाई छ ।

कमेन्टहरु
Loading...