निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी तथा आन्दोलनकारीबीच झडप, केही आन्दोलनकारी घाइते

काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको विरोधमा टंगालमा आयोजना गरिएको विरोधसभामा आन्दोलनकारी तथा प्रहरीबीच झडप भएको छ । आन्दोलनकारीले विरोध गर्दै अब बालुवाटार जाने भन्दै अगाडि बढ्न खोजेपछि प्रहरीसंग भएको धक्कामुक्की पश्चात् झडप भएको हो । प्रहरीले आन्दोलनकारीहरुलाई लाठीचार्ज गर्नुका साथै पानीको फोहोराले हानेको थियो ।

आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । आफूहरुको बृहत तथा शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनकारीको आरोप छ । झडपमा परेर केही आन्दोलनकारी घाइते भएका छन् ।

बृहत नागरिक आन्दोलनमा सहभागी भएका पत्रकार नारायण वाग्लेले प्रहरीले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएका छन् । शान्तिपूर्ण तरिकाले धर्ना गर्न लाग्दा  दमन भएको भन्दै वाग्लेले तस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेका छन् ।

यता प्रहरीले भने आन्दोलनकारीले जबरजस्ती बालुवाटारतर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि सामान्य बल प्रयोग गरिएको बताएको छ ।

कमेन्टहरु
Loading...