काठमाडौं । प्रतिनिधिसभा विघटन तथा राज्य शक्तिको दुरुपयोग विरुद्ध प्रदर्शनका लागि प्रधानमन्त्री निवास अगाडि पुगेका मानवअधिकारवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो १२ बजे बालुवाटार पुगेर प्रदर्शन गरेको शान्ति समाजको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाजकी सरिता पौडेलले जानकारी दिइन् ।
ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए । उनीहरुले प्रधानमन्त्री र मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको तथा किर्तेतन्त्र गरेको भन्दै नाराबाजी गरेका थिए ।