काठमाडौं । नेकपाका दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौँमा पुन शक्ति प्रदर्शन बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई नम्बर प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुन शक्ति प्रर्दशन गर्ने बताएका हुन् । उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध ‘टाउकोमा हान्ने गरी’ फेरि शक्ति प्रदर्शन गर्ने बताएका छन् ।
साथै उनले ओलीले गर्ने शक्ति प्रदर्शनलाई ‘पञ्चे र्याली’को संज्ञा दिए । उनले भने,‘ ‘केपीले जत्रो (सभा) गरेपनि पञ्च र्याली भन्दा फरक हुने छैन ।’ माघ ९ गते आफूहरुले विशाल प्रदर्शन गरेपनि त्यसले प्रतिगमनलाई धक्का नदिएको भन्दै दाहालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको टाउकोमा हान्ने गरी २८ गते फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
