नेकपा नफुट्ने : दुवै पक्षको पत्रलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं ।  निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र एकले अर्कालाई कारबाही गर्न पठाएको पत्र र केपी शर्मा ओली समूहको विस्तारित केन्द्रीय समिति दुवैलाई आधिकारिक नमान्ने निर्णय गरेको छ ।

बसेको बोर्ड बैठकले दुवैले दर्ता गराएको नयाँ विवरण अभिलेखीकरण नगर्ने र दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो ।

नेकपामा प्रचण्ड माधव समुहले ओलीलाई कारबाही गर्ने निर्णयको निवेदन दर्ता गराएको थिए भने प्रधानमन्त्री ओलीले  आफू अनुकूल केन्द्रीय समिति विस्तारको पत्र दर्ता गराएका थिए ।

अब केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यथावत् रहने भएको छ ।

कमेन्टहरु
Loading...