ओलीलाई पार्टीबाट निष्कासन गर्ने प्रचण्ड-माधव समूहको निर्णय

पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै  प्रचण्ड-माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहको आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रचण्ड-माधव समुहले माघ ५ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिएको थियो । तर उक्त पत्रबारे ओलीले कुनै प्रतिक्रिया दिएनन् । \

स्पष्टीकरण नदिएपछि आजको बैठकले पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको हो ।

कमेन्टहरु
Loading...