पोखरा । पोखरा-१७ स्थित छोरेपाटन माध्यमिक विद्यायलले शिक्षक उपेन्द्रराज पोखरेलमाथी गरिएको दुर्व्यबहारको भत्र्सना गरेको छ ।
विद्यालयले एक विज्ञप्ती जारी गर्दै विद्यार्थी र प्रशासनबीचको छलफलमा सञ्चारमाध्यमले अनुमति वेगर प्रवेश गरि छलफल रेकर्ड प्रसारण गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दोषी भए कारवाही गर्ने निकाय हुँदाहुदैं अनुमती वेगर अन्य विद्यालयबाट आएका विद्यार्थी र संचारमाध्यम प्रवेश गरि अतिरञ्जित गरिएको विज्ञप्तीमा उल्लेख छ ।
उक्त घटना बारे छानविन गरि सत्य तथ्य सार्वजनिक गर्नका लागि शिक्षक अभिभावक संघका अध्यक्ष रविलाल शर्माको अध्यक्षतामा ७ सदस्यीय उपसमिति गठन गरिएको छ ।
शुक्रवार विद्यालयका शिक्षक उपेन्द्रराज पोखरेललाई कक्षा ११ का विद्यार्थीलाई परीक्षाका नाममा रकम असुल्ने र झुक्याउने काम गरेको भन्दै विद्यार्थीले कालोमोसो लगाएका थिए ।