नेपाल मगर विद्यार्थी संघको आठौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने

पौष १४, पोखरा/नेपाल मगर विद्यार्थी संघको आठौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ । जातिय पहिचान र आत्मनिर्णयको अधिकार सहितको समृद्ध मगराँत स्थापनार्थ हाम्रो आन्दोलन, नयाँ संविधानमा बैज्ञानिक, व्यवहारिक संघीय शिक्षा प्रणाली र राष्ट्रिय एकताको पक्षमा आठौं महाधिवेशन को नाराका साथ माघ १६, १७ र १८ गते पोखरामा हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ६५ जिल्लाको १२ सय जना प्रतिनिधी सहभागिता रहने महाधिवेशनमा करिब १८ लाख खर्च हुने संघले जनाएको छ साथै महाधिवेशनले ५७ जना नयाँ कार्यसमिति समेत चयन गर्ने बताएको छ । महाधिवेशनको उद्घाटन शत्र पोखरा सभागृहमा हुने र बन्द सत्र नेपाल मगर संघको सभाहल रंगशालामा हुने प्रचारप्रसार सचिव खम थापा मगरले बतउनुभयो ।

विभिन्न जातजातिको बसोबास रहेको तमुवानको केन्द्र पोखरा भएकोले उक्त ठाउँमा आफ्नो जातीय पहिचान झल्काउन पोखरामा महाधिवशेन गर्न लागेको संघका वरिष्ठ उपाध्यक्ष दिपु श्रीस मगरले बताउनुभयो । विगत दुई दशकदेखि शैक्षिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भाषिक रुपमा सचेतना तथा संगठित गर्दै आइरहेको मगर विद्यार्थी संघले आगामि दिनमा पनि मगर लगायत पछाडि परेका समुदायहरुको हक हित र अधिकारको मुद्दालाई लिएर अगाडि बढ्ने उपाध्यक्ष दिपा आले मगरले बताउनुभयो । वरिष्ठ उपाध्यक्ष दिपु श्रीस मगरको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन प्रचारप्रसार सचिव खम थापा मगरले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...