काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा भइरहेको प्रतिनिधिसभा विघटनको बहसलाई ‘तमासा’ भनेकोमा प्रश्न उठेको छ । प्रतिनिधिसभा विघटनलाई प्रधानमन्त्री ओलीले नै तमासा भनेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा प्रश्न उठाएका हुन् । शुक्रबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १ जना बाजेलाई तमासा गर्न लगेछन् भनेका थिए । आज सोही विषयका बारेमा संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रश्न उठाएका हु्न् ।
यता प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराले भने बाहिरका कुरा नसुन्न तथा आफ्नो विषयमा प्रवेश गर्न त्रिपाठीलाई आग्रह गरेका थिए । प्रतिनिधिसभा विघटनको विषय सोचेभन्दा गम्भीर भएकाले बजारमा कसले के भनिरहेको छ भन्नेमा ध्यान दिन नहुने उनको भनाई थियो ।