आन्दोलनका थप कार्यक्रमबाट छलफल गर्न नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज अपरान्ह साढे १२ बजे बस्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम आयोजना गरिरहेको यो समुहले थप कार्यक्रमका विषयमा छलफल गर्नका लागि भन्दै बैठक बस्न लागेको हो । यो समुहले शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न जिल्लाहरुबाट कार्यकर्ता ल्याएर शक्ति प्रदर्शन गरेको थियो ।

शनिबार केही स्थायी कमिटी सदस्यहरुबीच सामान्य छलफल भएको थियो । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको शनिबारको बैठकमा सुमहले शुक्रबार आयोजना गरेको शक्ति प्रदर्शन तथा विरोध सभाको विषयमा छलफल तथा समीक्षा गरेको स्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...