निर्वाचन आयोग हामीलाई नै आधिकारिक पार्टीका रुपमा घोषणा गर्न बाध्य हुन्छः नेता खनाल

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओली अब कम्युनिस्ट नभएको बताएका छन् । काठमाडौंमा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले आफूहरुले ओलीलाई नेकपाबाट निस्कासन गरिसकेको बताउँदै उनले ओली कम्युनिस्ट नभएको नेता खनालले दावी गरेका हुन् । ‘केपी ओली भगौडा हुन् । अब उनी कम्युनिस्ट पनि रहेनन् ।’ उनले भने ।

पार्टीको विभिन्न बैठकहरुबाट ओली आफैं भागरे हिंड्ने र अरुलाई भने भगौडा भन्दै हिंड्ने नेता खनालको आरोप थियो । नेता खनालले आजको शक्ति प्रदर्शनबाट नै आफूहरु आधिकारिक भएको पुष्टि भएको र ओलीलाई सडकमा आएर हेर्न चुनौती दिए । ‘केपी ओलीलाई म निम्ता गर्न चाहन्छु, कुन चाहिं पार्टी कम्युनिस्ट हो र कुनसंग कति जनता साथ छन्, यहींबाट स्पष्ट हुन्छ ।’ उनले भने ।

उनले सर्वोच्च अदालतप्रति विश्वास रहेको र सम्मान गर्ने भन्दै संविधान बाहिर गएर निर्णय नगर्ने उनले बताए । सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने उनको दावी थियो । अदालतसंग संसद पुनःस्थापना गर्नुबाहेक अर्को विपल्प नभएको समेत नेता खनालले बताएका छन् । अहिलेको निर्वाचन आयोग समेत संविधानसभाले बनाएको आयोग रहेको भन्दै उनले दलहरुलाई हेरेर निर्णय गर्नुपर्ने उनले बताए । निर्वाचन आयोगले आधिकारिक पार्टीका रुपमा आफूहरुलाई नै प्रमाणित गर्न बाध्य हुने बताएका छन् ।

कमेन्टहरु
Loading...