पोखरा । कास्कीमा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कास्कीमा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मा ३६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७० वर्षीय १ जना महिला तथा ५६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १७ मा २४ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै माछापुच्छ«े गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित गाउँपालिका अन्तरगत वडा नम्बर ५ का २४ वर्षीय पुरुष हुन् ।
यस अगाडि पोखरामा ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ४९ तथा माछापुच्छ«े गाउँपालिमा १ सहित कास्कीमा ५० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
लमजुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बेसीसहर नगरपालिका वडा नम्बर २ का ६० वर्षीय पुरुष हुन् ।
यस्तै तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० की ४७ वर्षीय महिला हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ३ सय ३८ पुगेको छ ।