पोखरा । पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५६ र ८१ वर्षीय २ जना महिला तथा २७ र ८१ वर्षीय २ जना पुरुषलाई रहेका छन् ।
२ नम्बर वडामा २६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ वर्षीय १ जना महिला तथा ४२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ४ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ र ४० वर्षीय २ जना महिला तथा ३६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मा ५० वर्षीय १ जना पुरुष तथा २२ मा ३५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२७ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १९ वर्षीय १ जना किशोरी तथा ३८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा २७ मा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३ जना महिला तथा ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २८, ३४ र ४८ वर्षीय ३ जना महिला तथा २०, २३, ३९ र ५० वर्षीय ४ जना पुरुष रहेका छन् ।
यस अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको विवरण अनुसार पोखरामा २४ जनालाई संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा आज ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँमा ३ जना, पर्वतमा २ जना, म्याग्दीमा ४ जना तथा बाग्लुङमा १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ३ सय ३१ पुगेको छ ।