नेपाल प्रचण्ड–नेपाल समुहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुसमा प्रतिनिधिसभा विघटन गरे पश्चात् विरोधका कार्यक्रमहरु आयोजना गर्दै आएको उक्त समुहले देशभरीबाट नेता तथा कार्यकर्तालाई राजधानी काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको हो ।

विभिन्न ९ स्थानबाट सुरु हुने उक्त विरोध कार्यक्रमको नेतृत्व उक्त समुहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरुको नाम तोकिएको छ । हरेक स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा गएर सभामा परिणत हुने बताइएको छ ।

विरोध कार्यक्रममा तोकिएका नारामात्र लगाउन पाइने छ । यस अगाडि सडक आन्दोलनका क्रममा लगाइएका नाराहरु विवादमा परेपछि पार्टीले तोकिएको नारा मात्र लगाउने निर्णय गरेको हो । शान्तिपूर्ण तरिकाले हुने भनिएको कार्यक्रमा सो समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...