तनहुँ संवादाता ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुले धोका दिने र देशलाई बर्बादीतिर लाने काम गरेको आरोप लगाएका छन् ।
व्यास नगर नेपाली कांग्रेस तनहुँले बिहीबार गल्बुवेशीमा गरेको विरोध सभालाई सम्बोधन गदै उनले कम्युनिष्टसँग देश सञ्चालन गर्ने सार्मथ्य नभएको जिकीर गरे ।
कम्युनिष्टबीचको सत्ताको लडाईले गर्दा प्रतिनिधी सभा विघटन भएको उनले आरोप लगाए ।
नेता भण्डारीले कम्युनिष्टसँग लोभ र लालचा मात्रै छ देश कुशलता पूर्वक हाँक्न नसक्ने भन्दै चर्को आलोचना गरे ।
‘सत्य कुरा के हो भने कम्युनिष्ट पार्टीलाई इतिहासदेखि हेर्दा न यिनलाई देशको चिन्ता छ, नत जनता प्रति जिम्मेवार छन् । कम्युनिष्टहरु जनतालाई सपनामै बहकाउन मात्रै सफल छन्’,उनले भने ।