प्रदीप पौडेलको प्रश्न : भ्याक्सिन किन्न पैसा नभएको सरकारले मध्यावधि निर्वाचन कसरी गर्छ ?

तनहुँ संवादाता ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्याक्सिन किन्ने पैसा नभएको सरकारले मध्यावधि निर्वाचन गर्न नसक्ने बताएका छन् ।

उनले कोभिडको भ्याक्सिन किन्ने पैसा नभएको सरकारले अवधि बाँकी रहँदै मध्यावधि निर्वाचन गर्न यो सरकार किन गैरहेको छ । अरबौ राज्यको पैसा किन खर्च गर्न खोजिरहेको छ । त्यसैले आज जनतालाई चुनाव होइन भ्याक्सिन चाहिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे । नेपाली कांग्रेसले तनहुँले शुक्लागण्डकी नगरपालिका ८ को ढोरफिर्दीमा गरेको विरोध सभामा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

‘सरकारले जनतालाई केही पनि गर्न सकेन । अन्तिममा आएर दुइतिहाइको संख्या भएको संसदलाई नेकपाको अध्यक्ष केपी ओलीले विघटन गरे । आफ्नो पार्टीको दुई तिहाई छ । त्यही संसदले ओलीलाई प्रधानमन्त्री बनाएको छ । त्यो संसदको अवधि अझै साँडे दुई वर्ष बाँकी छ । जनतालाई भ्याक्सिन दिन सरकारसँग पैसा छैन ।’, उनले भने ‘आज कोभिडको भ्याक्सिन सरकारले जनतालाई लगाइदिनुपर्ने हो । जापान सरकारले जनतालाई भ्याक्सिन लगाएको छ । अमेरीकी सरकारले लगाएको छ । भारतले लगाउन सुरु गरेको छ ।’

जनतालाई चुनाव होइन भ्याक्सिन चाहिएको भन्दै नेता पौडेलले भने, ‘भ्याक्सिन किन्ने पैसा नभएको सरकारले अवधि बाँकी रहँदा मध्यावधि निर्वाचन गर्न किन गैरहेको छ । अरबौ राज्यको पैसा किन खर्च गर्न खोजिरहेको छ ।’

त्यस्तै नेता पौडेलले सरकारले समयमा कृषकलाई मल उपलव्ध गराउन नसक्दा कृषकले नोक्सनी व्यहोर्नुपरेको बताए ।

‘खाद्यान्नमा आत्मनिर्भर बनाउने त परको कुरा सरकारले कृषकलाई मल पनि दिनसकेन । कोभिडको महामारी फैलियो कांग्रेसले भन्यो हरेक घरको एक जनको पिसीआर गराउ, तर सरकारले आवस्यकता अनुसार पिसीआर परीक्षण गर्न सकेन । सरकारले औषधी गर्न पनि सकेन कोभिडको उपचार केन्द्र स्थापना गर्न पनि सकेन । गरीवलाई, विपन्नलाई, मजदुरलाई पनि राहत दिन सकेन ।’ उनले भने ।

सरकार निसुल्क उपचार हुन्छ भनेपनि त्यस्तो अस्पताल नेपालमा कहिँ पनि नभएको उनले जिकीर गरे ।

कमेन्टहरु
Loading...