भदौरे पञ्चासे फेस्टिभलमा शुरु

पोखरा, ६ पौष/कास्की, भदौरे तामागी गाउँ विकास समिति, स्थित भदौरे देउरालीमा भदौरे पञ्चासे फेस्टिवल २०१३ शुरु भएको छ । फेस्टिवलको पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख रमेश शेखर बज्राचार्यले उदघाटन गरे । कार्यक्रममा बज्रचार्यले कार्यक्रमको भव्य सफलताको कामना गर्दै भदौरे गाउँका विभिन्न समस्याहरु समाधानका लागी सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीलाई सम्मान गरिएको थियो ।

कास्की जिल्ला प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, कार्यकारी अधिकृत झलकराम अधिकारी, एस पी कृष्णभक्त वज्राचार्य, कास्की जिल्ला भलिवल संघका उपाध्यक्ष भिम पराजुली, एनफा कास्कीका सदस्य धरमसिंह लामिछाने, तिलक क्षेत्री, सुक गरुङ्ग, समाजसेवी आसबहादूर गुरुङ्ग, रामकाजी गुरुङ्ग, लक्ष्मीदेवी पौडेल, गाविस सचिव हरिप्रसाद अधिकारी लगाएतका वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । विगत वर्षहरुमा जस्तै यस बर्ष पनि भदौरे क्लवले सो महोत्सव सञ्चालन गरेको हो ।

मेलाको आकर्षणको रुपमा प्राङ्गारिक कृषिको प्रदर्शनि तथा विक्रि वितरण । पञ्चासे कृषि विकास संघले राखेको स्टलमा वन तरुल, लोकल घ्यु र मह किन्नेको भिड लागेको छ । १० गते सम्म सञ्चालन हुने फेष्टीबलमा पुरुष भलिवल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता रसी तान्ने, छेलो, लगाएतका विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिने भएको क्लवका सहयोगी निर्मल पौडेलले जानकारी दिए ।

पुरुष भलिवल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमश २० हजार, १० हजार र ५ हजार रुपैया भएको खेलकुद संयोजक तथा क्लवका सचिव जीवन गूरुङ्गले वताए । भदौरे क्लवले वि सं २०५५ सालदेखि नै सो ठाँउमा मेला सञ्चालन गर्दै आएको छ ।

कमेन्टहरु
Loading...