सुर्खेत । केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय भएको छ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका हुन् ।
बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् । नेपालले, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं,’ बताउँदै ओलीलाई निकाल्ने घोषणा गरेका हुन् ।
साथै माधव नेपालले ओलीको कटाक्ष गर्दै पार्टीमा घाँड भएको बताएका छन् । उनले भने,‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए ।’ उनले ओलीलाई आज नै ओलीलाई पत्र लेखेर उनलाई निस्कासन गर्ने बताए ।