प्रचण्ड-माधव पक्षको वृहत शक्ति प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड(माधव पक्षले शुक्रवार सरकारविरुद्ध काठमाडौंमा हुने वृहत शक्ति प्रदर्शनको तयारी पूरा भएको जनाएको छ । समूहले भोलि काठमाडौंमा हुने प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने समेत बताएको छ । तर आन्दोलनमा सरकारी पक्षबाट घुसपैठ गरेर विथोल्ने र हिंसात्मक बनाउने षड्यन्त्रप्रति सचेत हुनुपर्ने जनाएको छ ।

नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको हो ।समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, शान्ति बाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसबाट जुलुस निस्कनेछ, जसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्नेछन् ।

सबै जुलुस रत्नपार्कमा पुगेर मुल जुलुसमा सुरु हुनेछ, जसको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरुे गर्नेछन् । यो जुलस रत्नपार्क, पुतिलीसडक, भद्रकाली हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । सभामा शीर्ष नेताहरुले सम्बोधन गर्नुका साथै आगामी आन्दोलनका कार्यक्रम समेत घोषणा गरिने संघर्ष समितिले जनाएको छ ।

कमेन्टहरु
Loading...