काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी गरेका छन् । बिहिबार बिहीबार काठमाडौंको राष्ट्रियसभामा आयोजित आफूपक्षीय पत्रकारको भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड माधव ले प्रेम सिनेमाको जस्तो तमासा गरिरहेको बताएका छन् । ‘सिनेमा हिरो हिरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन । उहाँहरु त्यस्तै नाटक गरिरहनु भएको छ,’उनले भने ।
उनले आज बिहान मात्र नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले संसद् विघटन विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेकोमा व्यंग्यपूर्ण टिप्पणी गरेका छन् । ‘हामी रातो झण्डा लिने हौं कालो झण्डा फराउने हैनौ हामी रातो बेलनु उडाउने हौं हामी कालो बेलुन उडाउदैनौं,‘ उनले भने,‘किन कालो देखाउनु हाम्रो भविष्य उज्यालो छ हामी त्यतैतर्फ लाग्छौं ।’ ओलीले कोहीप्रति आग्रह पूर्वाग्रह नरहेको उल्लेख गरेका छन् ।