सर्वोच्च अदालतमा बिहिबारको बहस सुरु

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बिहिबारको बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको संवैधानिक इजलासमा अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरु गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका दर्जन बढी रिटमाथि गएको आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको थियो । बहसका लागि साढे ३ सय जना कानुन व्यवसायीले नाम टिपाए पनि अहिलेसम्म १५ जना अधिवक्ताले मात्रै बहस सकेका छन् ।

कमेन्टहरु
Loading...