भारतले दिने कोरोना विरुद्धको खोप पौने १२ बजे नेपाल आइपुग्‍ने

काठमाडौं । भारतले अनुदानमा दिने १० लाख डोजको कोभिड(१९ विरुद्धको खोप बोकेर एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं उड्ने तयारी भइसकेको छ । कोभिड खोप बोकेर एयर इण्डियाको जहाज बिहान साढे ११ बजेर ४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्‍ने विमानस्थल स्रोतले जनाएको छ ।

एयर इण्डियाको जहाजमा आउने खोप भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि राखिएको छ ।तर भारतले दिने खोप नेपाल सरकारका तर्फबाट कसले ग्रहण गर्ने भन्‍ने टुंगो छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट खोप ग्रहण गर्ने भएपनि विमानस्थलमै पुगेर कसले ‘रिसिभ’ गर्ने भन्‍ने तय भइ नसकेको प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

खोप हस्तान्तरण कार्यक्रममा कुन अधिकारी जान्‍ने भन्ने छलफल भइरहेको पनि प्रवक्ता गौतमले बताए । भारतले बुधबार नै कोभिडविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाललाई दिने घोषणा गरेअनुसार आज सो खोप सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

कमेन्टहरु
Loading...