मुलुकभरका ६७४३ वडामा कांग्रेसको विरोध प्रदर्शन

पोखरा । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध मुलुकभरका ६७४३ वडामा विरोध प्रदर्शन गर्दैछ । दोस्रो चरणको अन्तिम कार्यक्रम अन्तरगत कांग्रेसले बिहिबार मुलुकभरका वडाहरुमा विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेसले विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै आन्दोलन गरिरहेको छ ।

संविधानसभामार्फत जनप्रतिनिधिले जनताका लागि बनाएको संविधानको रक्षार्थ मुलुकभरका वडामा प्रतिनिधि सभा विघटनविरुद्ध गरिने कार्यक्रममा सहभागिताका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैमा अपिल गरेका छन् ।

कांग्रेसले यसअघि विघटनविरुद्ध पहिलो चरणमा पुस १३ गते मुलुकभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दोस्रो चरणको पहिलो दिन पुस २५ गते मुलुकभरका ३३० प्रदेश सभा क्षेत्रीय समितिहरुमा र माघ ३ गने दोस्रो चरणको दोस्रो कार्यक्रमका रुपमा मुलुकभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन ।

कमेन्टहरु
Loading...