पोखरामा छात्रालाई होटलमा लगेर परीक्षा दिन लगाउने ३ शिक्षक पक्राउ

पोखरा । होटलमा लगेर परीक्षा दिन लगाएर अमर्यादित व्यवहार गर्न खोज्ने राष्ट्रिय मावि पोखराका प्रधानाध्यापक सहित ३ जना शिक्षक पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत १ जना छात्रालाई ऐच्छिक अंग्रेजी तथा शैक्षणिक विधि विषयक आंशिक परीक्षामा छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर परीक्षा लिएको आरोपमा जिल्ला प्रहरी कार्यँलय कास्कीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा २४ कास्कीकोट घर भएर पोखरा १ बाघबजार बस्ने राष्ट्रिय माविका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ सिद्ध घर भइ हाल पोखरा ११ फुलबारी बस्ने सोही विद्यालयका ४१ वर्षीय शिक्षक घनश्याम रेग्मी तथा पोखरा २० भलाम घर भइ सोही विद्यालयमा शिक्षकका रुपमा कार्यरत ४० वर्षीय शिरिषकुमार बस्ताकोटी रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाहरुले ती छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर परीक्षा लिएका थिए । साथै कानुनविपरीत कसुरजन्य कार्य गरेको आशंका प्रहरीले गरेको छ ।

छात्रालाई अमर्यादित तरिकाले परीक्षा लिएको भन्दै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको जाहेरी सहितको कागजात प्रहरीसम्म पुगेपछि प्रहरीले राष्ट्रिय मावि पोखराका प्रधानाध्यापक सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई शिक्षा ऐन अन्तरगत मुद्धामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

लागुऔषध सहित पोखराबाट २ जना पक्राउ

पोखराबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । उनीहरुलाई कास्की प्रहरीले हिजो सोमबार दिउँसो ३ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका वडा नम्बर १७ घर भइ पोखरा १७ बस्ने २७ वर्षीय विशाल रानामगर तथा बर्दियाको ठाकुरद्वार नगरपालिका वडा नम्बर ८ घर भइ सोही स्थानमा बस्ने २९ वर्षीय मीन रानाभाट रहेका छन् ।

पक्राउ परेका २ जनाको साथबाट प्रहरीले डाइजापाम १० एम्पुल, फेनेरागन १० एम्पुल, नुफ्रिनुर १० थान सहित मोबाइल २ थान तथा नगद १० हजार रुपैयाँ समे बरामद गरेको छ । उनीहरु विरुद्ध लागुऔषध समबन्धी कसुर अन्तरगत जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थपेर अनुसनधान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...