कास्कीकी सरिताले लगाइन् कोरोनाको भ्याक्सिन र सुनाइन् अनुभव

 

गन्थन डेस्क

कास्कीकी सरिता गुरुङले सोमबार कोरोना भाइरसविरुद्ध खोप लगाएकी छिन् । यस्तो अवसर उनले नेपालमा हैन, अमेरिकामा पाएकी हुन् ।

करिब ३ वर्ष अघि अमेरिका पुगेकी सरिता कोलोराडाको बोउल्डरमा केयरगिभर छिन् । स्वास्थ्यसम्बन्धित क्षेत्र भएकाले उनलाई संस्थाले निशूल्क खोप प्रदान गरेको बताएकी छिन् । उनले लगाएको खोप अमेरिकी कम्पनी फाइजरको उत्पादन हो ।

खोप लगाएपछिको अनुभव सरिताले यसरी शेयर गरेकी छिन्ः

मैले कोभिड १९ को भ्याक्सिन फस्ट डोज फाइजर लगाएकी छु । हामीले काम गर्ने ठाउँमा निशूल्क उपलब्ध गराएको छ । हेल्थ सेक्टरलाई प्राथमिकता दिएकाले हामीले लगाउन पाएका छौं । यदि यो खोप लगाउन सम्भव वा उपलब्ध छ भने लगाउनु होला । खोप लगाएपछि एउटा कार्ड दिन्छ ।

त्यसको ३ हप्तापछि दोस्रो डोज लगाउनु पर्छ । दोस्रो पटक खोप लगाएपछि उक्त कार्डले अन्य देशमा जाँदा सहज हुन्छ ।  कतैपिन राेकिनु  पर्दैन ।  खोप लगाएपछि मलाई कुनै पनि रियाक्सन भएको छैन । साइड इफेक्ट देखिएको छैन ।

कमेन्टहरु
Loading...