नेकपा प्रचण्ड–नेपाल पक्षको आन्दोलन रक्सी उत्पादन गर्ने आन्दोलन होइनः नेता भट्टराई

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले हालको आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीचको नभएको बताएका छन् ।

आज प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘नेता प्रधानमन्त्री बन्छन् कि बन्दैनन् होला, पार्टी कहाँसम्म पुग्छ होला भन्ने नभएर ७ दशकको पर्खाइमा बनेको संविधानको रक्षा हुन्छ कि हुँदैन, हजारौं नेपाली जनताको पसिना र रगतबाट बनेको संविधानको रक्षा हुन्छ कि हुँदैन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन्छ कि हुँदैन र यो प्रणाली बलियो भएर नेपालको आर्थिक र सामाजिक समृद्धिको दिशामा हामी अगाडि बढ्छौं कि बढ्दैनौं भन्ने विषयको लडाई हो ।’

वर्तमान प्रधानमन्त्री ओलीले देखाएको व्यवहार जस्तो व्यवहार प्रचण्ड तथा माधवकुमार नेपालले पनि देखाएको भए उनीहरुको पछाडि नलाग्ने नेता भट्टराईको भनाई थियो । प्रधानमन्त्री ओली पक्षका नेताहरुफर्त इंगित गर्दै नेता भट्टराईले हालको बहसलाई अर्कै विषयतर्फ मोड्नका लागि नौटंकी भाषण गर्दै नहिंड्न आग्रह गरे ।

यो आन्दोलन रक्सी उत्पादन गर्ने भट्टी नभएको उनको भनाई थियो । भट्टराईले नेकपालाई २ वटा पसल भन्दै हाल खूध तथा रक्सीको भट्टी खुलेको बताएका छन् । ‘यो आन्दोलन रक्सी उत्पादन गर्ने भट्टी होइन, रक्सी भट्टी चलाउने आन्दोलन होइन । यसले मान्छेको हितका लागि दूध उत्पादन गर्दै छ, दूध बिक्री गर्ने बिक्रेता हौं हामी । दुध बिक्री गर्न गाह्रो हुन्छ, दूघ पु¥याउन बिहान बिहानै जाडोमा मोटरसाइकल, साइकलमा घर–घरमा जानुपर्ने हुन्छ, रक्सी बेच्न साइकल तथा मोटरसाइकलमा जानु पर्दैन, सबै किन्न आउँछन् ।’ उनले भने, ‘आज २ वटा पसल खुलेका छन्, रक्सी भट्टीमा जाने मजाको बोतल हुन्छ लेभल लगाइएको हुन्छ । तर दूध बेच्नका लागि दुख हुन्छ । बिहानै उठेर सबै काम गर्नुपर्छ । त्यसैले २ वटा पसलमध्ये रक्सी भट्टीमा कि दूध पसलमा छुट्याउने समय आएको छ ।’

कमेन्टहरु
Loading...