पोखरामा दोस्रो राष्ट्रिय कफी महोत्व शुरु, १५ प्रतिशत बढी कफी उत्पादन हुने

सागर राज तिमिल्सिना
पोखरा, १२ पौष/नवौ राष्ट्रिय कफी दिवस एवं दोसा्रे राष्ट्रिय कफी महोत्व आज देखि पोखरामा शुरु भएको छ । राष्ट्रिय कफी व्यवसायी संघ र नेपाल सरकारको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहकार्यमा भएको कफी महोत्वको कृषी मन्त्री टेक वहादुर धर्तीले उद्घाटन गरे ।

दुई दिन सम्म सन्चालन हुने महोत्सवमा कफीसँग सम्बन्धित कफी प्रशोधन सामाग्री, कफि सगँ सामाग्रीहरु, जैविक मल लगायतका प्रदर्शनी सुमेत राखिएको छ । महोत्सवमा निःशुल्क कफी पिउन र कफी साँस्कृतिक कार्यक्रम सन्चालन हुने छन् ।

गत वर्ष मात्र नेपालमा ५ सय २५ मेक्ट्रीटन कफी उत्पादन भएको मध्य दुई सय १२ मेक्ट्रीटन कफी विदेश पठाएको चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख रघुपति चौधरीले जानकारी दिए । यस वर्षको अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत प्रतिसत कफी नेपालमा उत्पादन हुने चौधरीको अनुमान छ । उत्पादन क्षेत्र विस्तारका लागि देशभर कफी विरुवा रोपण र विरुवा उत्पादन गर्न प्रोत्साहन गर्नका लागि महोत्सव फलदाईक हुने उनले बताए ।

महोत्सवमा कफी प्राविधिकहरुले कफी सेवनबाट हुने फाईदा तथा यसको खेती गर्ने तरिकाका बारेमा समेत महोत्वमा जानकारी गराउने छन् । पोखराको चिप्लेढुङ्गाबाट विभिन्न झाकी सहितको ¥याली पोखरा प्रर्दशनीमा पुगरे मेलामा सहभागी भएको थिए । ¥यालीमा सहभागीहरुले कफीबाट बनेका माला, विभिन्न झाकी निमार्ण गरि प्रर्दशन गरेका थिए ।

कमेन्टहरु
Loading...