जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ ।
उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले तापक्रममा हल्का गिरावट हुनेछ ।