पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार तनहुँका १ जनाको पोखरामा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
पछिल्लो पटक कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेमा तनहुँमा ५० वर्षीय महिला रहेकी छिन् । जिल्लाको भीमाद नगरपालिका वडा नम्बर ६ की ५० वर्षीय महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति साढे १० बजे ज्यान गएको हो ।
उनलाई पुस २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ९९ पुगेको छ ।