पोखरा । कास्की जिल्लामा पुसमा १ सय ६ वटा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पत्रकार सम्मेलन गर्दै पुसमा जिल्लामा १ सय ६ मुद्दा दर्ता भएको जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले १७ शीर्षकमा मुद्दा दर्ताको विवरण दिएकोे छ । जसमा सबैभन्दा बढी सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १५ मुद्दा दर्ता भएका छन् । त्यस्तै त्यसपछि जिल्लामा ११ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ ।
यस महिना जबरजस्ती करणीमा ३ वटा तथा जबरजस्ती करणी उद्योगमा २ मुद्दा दर्ता भएका छन् । त्यस्तै पछिल्लो समय जिल्ला बैकिङ कसुर सम्बन्धी अपराध पनि बढ्दो छ । पुसमा कास्कीमा बैकिङ कसुर सम्बन्धी २७ मुद्दा दर्ता भएका छन् । यद्यपि उक्त मुद्दा भने एकै व्यक्तिलाई विभिन्न फरक व्यक्तिले मुद्दा दर्ता गरेको प्रहरी कार्यालयले जनाएको छ ।
गत महिनामा चोरी सम्बन्धी १ र ठगी सम्बिन्धी ३ मुद्दा दर्ता भएका छन् । त्यस्तै ज्यान मार्ने उद्योगमा १ वटा मुद्दा दर्ता भएको छ । पुषमा प्रहरी कार्यालयमा आत्महत्या कसुर सम्बन्धी मुद्दा बढी झुण्डिएर आत्हत्याको १६ मुद्दा दर्ता भएको छ । त्यस्तै आगो लगाई आत्महत्याको १, हामफाली आत्महत्या १, विष सेवन गरी आत्महत्याको १ मुद्दा दर्ता भएको छ । सवारी ज्यान मुद्दामा ४, भवितव्य ज्यानमा ७, फुटकर ज्यान सम्बन्धी ८ वटा मुद्दा दायर भएका छन् । गत महिना बालविवाहको मुद्दा ४ वटा दर्ता भएको छ ।
यस्तै पुषमा जिल्ला प्रहरी कार्यालय कास्कीले ७५ जनालाई विभिन्न कसुरमा पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये १ जना विदेशी पुरुष तथा बाँकी ६६ जना स्वदेशी पुरुष र ८ जना महिला रहेका छन् । प्रहरी कार्यालयले पुषमा विभिन्न स्थानबाट लागुऔषध बरामद गरेको छ । बरामद भएका लागुऔषधमध्ये ब्रुफिनर्फिन २ सय ११ एम्पुल, डाइजापाम २ सय २१ एम्पुल, फेनेरागन २ सय २० एम्पुल, नाइट्रोभ्याट ६० चक्की र गाँजा १ केजी १० ग्राम बरामद गरेको छ । पुष महिनामा जबरजस्ती करणी मुद्दामा ५ जना अभियुक्त पक्राउ परेका छन् ।
त्यस्तै प्रहरी कार्यालय कास्कीले पुस महिनामा २७ थान हराएको मोबाइल फोन निजलाई सामान बुझाएको छ । जिल्ला प्रहरी कार्यालयले गत महिनादेखि नेपाल प्रहरीको मोबाइल एपबाट सेवा प्रवाह गरिरहेको छ । जसमा मोबाइल हराएको मुद्दा ५, ठगी गरेको ३, राजनैतिक कार्यक्रम सम्बन्धी जानकारी ८ वटा, प्रहरी रिपोर्ट २, धम्की सम्बन्धी १ वटा र टेस्ट गरेको १ वटा गरि २० वटा मुद्दा दर्ता भएको छ ।
चोरी गर्ने ३ भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले यही माघ २ गते चोरी गर्ने ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २५ वर्षिय सुवास बन्जाडा, २५ वर्षिइ सिता तिवारी र २५ वर्षीय सानेु तिवारी रहेका छन् । उनीहरुको स्थाई ठेगाना भमरत बिआर जोगबानी रहेको छ भने हालको अमरसिंह १० रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेबाट बस्ने ६५ वर्षीय नारायणी सापकोटाको नगर बसबाट निजको १ लाख चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
दिउँसो साढे २ बजे सभागृह चोकबाट चाउथे जाने क्रममा नगरबस भित्रबाटै चोरी गरेको प्रहरी कार्यालयले जानकारी दिएको छ । अभियुक्तिबाट १ लाख १५ सय ७० रुपैयाँ समेत बरामद भएको थियो ।
त्यस्तै यही माघ २ गते प्रहरीले १४ वर्षे बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नम्बर १८ का २० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।