पोखरामा थप ९ जनालाई कोरोना

पोखरा । पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणको क्रममा पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४ जना महिला तथा १ जना पुरुष रहेका छन् । सो वडामा २९, ३०, ४९ र ५७ वर्षीय ४ जना महिला तथा ६० वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै वडा नम्बर ८ मा ६६ वर्षीय १ जना, १५ का ४२ वर्षीय १ जना, २७ का ३९ वर्षीय १ जना तथा २८ का ३७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस अगाडिको तथ्यांक अनुसार आज पोखरामा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला नवलपरासीमा २ जना, तनहुँमा २ जना तथा बाग्लुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार १ सय ८९ पुगेको छ ।

कमेन्टहरु
Loading...