पोखरा । पोखरामा थप २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार, लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरा, क्षयरो उपचार केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा ३१ वर्षीय, २ मा ३८ वर्षीय, ६ मा ३३ वर्षीय १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १० मा ३२ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१४ नम्बर वडामा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३, २४, ३०, ३७, ४९ वर्षीय २ जना तथा ५४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १५ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ६३ वर्षीय १ जना महिला सहित ६५ र ६६ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १७ वर्षीय १ जना किशोरी तथा ५० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १९ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १७ वर्षीय १ जना किशोरी तथा ६६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
२२ नम्बर वडामा ४१ वर्षीय १ जना महिला, २६ मा २१ वर्षीय १ जना पुरुष तथा ३० मा ३१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँमा २ जना, पवर्तमा १ जना, म्याग्दीमा ३ जना, लमजुङमा १ जना तथा बाग्लुङमा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार १ सय ६४ पुगेको छ ।