ओलीलाई प्रधानमन्त्री जनताले होइन, पार्टीले बनाएको होः प्रचण्ड

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघर्ष नथा बलिदानबाट प्राप्त उपलब्धी संविधानमा पहिलो पटक जनताको भाषा बोलिएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सोही संविधानमाथि प्रहार गरेको बताएका हुन् ।

अहिले मजाक गर्ने अवस्थामा नभएको बताउँदै उनले भने, ‘मैले बिहान एउटा मिडियामा हेरेको थिएं, प्रधानमन्त्री जीले भन्नुभएछ, मान्छेलाई हसाँयो भनेर किन पीर प¥यो भुन्नुभएछ । त्यो मैलाई नै भन्नुभएको हो । संविधान विघटन भएको बेलामा हामी हसाउँन सक्दैनौं ।’

प्रधानमन्त्री ओलीले सुरुदेखि नै पार्टी एकतादेखिका सिद्धान्तलाई संगठनात्मक सिद्धान्तलाई तोडेको प्रचण्डले आरोप लगाएका छन् । पार्टीको बैठकमा नै नआउने, आएपनि बीचमा नै छाडेरे हिड्ने गरेको प्रचण्डको आरोप रहेको थियो । ‘तपाईं सिद्धान्तहीन बुर्जुवामा हिड्नुभयो, त्यसमा हामीलाई आपत्ति छ, बैठकमा आउादै नआउने, आए पनि बीचमा नै उठेर हिंड्ने, यसमा मेरो आपत्ति छ ।’ प्रचण्डले भनेका छन् ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले पतनको बाटोतर्फ गएको उनले बताएका छन् । उनले जनताले बनाएको प्रधानमन्त्री नभएको उनले बताएका छन् । ‘तपाईलाई जनताले प्रधानमन्त्री बनाएको होइन, नत्र त हरेक जिल्लाबाट सांसदले जितेका छन्, उनीहरु सबै प्रधानमन्त्री बन्नुपर्ने हो ।’ उनले भने, ‘तपाईंलाई प्रधानमन्त्री पार्टीले बनाएको हो ।’

केपी प्रवृतिको मेजर अपरेसन गर्नुपर्ने अवस्था आएको प्रचण्डको भनाई थियो । विधि, पद्धतिबाट चल्ने पार्टी बनाउने आफूहरुको मुख्य उद्देश्य भएको उनले बताए । केपी ओलीलाई हटाउने र कारवाही गर्ने मात्र आफ्नो ध्याउन्न नभएको समेत अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् ।

आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटका विषयमा समेत प्रधानमन्त्री ओलीले छलफल गर्न नचाहेको प्रचण्डले आरोप लगाए । पूजीवादीहरुका लागि मात्र बजेट ल्याइएको उनले बताएका छन् । संविधानमाथि प्रहार गरेर, संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर भएको प्रतिनिधिसभा विघटन विरुद्ध आक्रमक बन्न आफूहरुलाई बाध्य बनाइएको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...