सरकारले घोषणा गरेको आगामी निर्वाचनका विषयमा निर्वाचन आयोगले सर्वदलीय छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले आज विभिन्न राजनीतिक दलहरुसंग आगामी निर्वाचनका विषयमा छलफल गर्ने भएको छ ।

आयोगले आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनका विषयमा राजनीतिक दलहरुसंग सर्वदलीय छलफल गर्ने भएको हो ।

प्रधानमन्त्री ओलीले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । कोरोना भाइरसको महामारीले देशको आर्थिक अवस्था शिथिल भइरहेको अवस्थामा निर्वाचन घोषणा हुँदा थप जटिलता आउन सकने र आर्थिक भार समेत बढ्ने भन्दै धेरैले यो निर्णयको आलोचना गरिरहेका छन् ।

कमेन्टहरु
Loading...