केपी ओलीलाई योगेशको जवाफ ‘तपाईको स्तर थाहा पाएँ खुशी लाग्यो’

शनिबार काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘केटो’ भन्दै दिएको अभिव्यक्तिमा योगेश भट्टराईले फेसबुक मार्फत जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार नेता भट्टराईलाई ‘आफैँले नेता र मन्त्री बनाइदिएको केटाले अहिले आफैँलाई पुक्क लात हानेर हिँडेको’ भन्दै टिप्पणी गरेकापछि नेता भट्टराईले उक्त भनाईले ओलीको स्तर थाहा पाएको बताएका छन् ।

‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो।’उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

कमेन्टहरु
Loading...