निर्वाचनमा गर्नुपरे ‘सुध्रिएको कांग्रेस’ बनेर होमिन्छौंः विन्दु थापा

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरिरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा आज प्रदर्शन गरिरेहेको हो । सोही अनुरुप पोखरा महानगरपालिकामा पनि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध पोखरामा विरोध प्रर्दशन भएको छ । विरोध सभालाई सम्बोधन गर्दै प्रदेश सांसद विन्दुकुमार थापाले सरकारको कदमले संविधान र जनताको भावनामा ठेस पु¥याएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमले लोकतन्त्र र संविधानको मर्म र भावनामा सिधै चोट पुर्याउने क्रियाकलाप भएको ठहर गरेका छन् । उनले भने, ‘ओलीको संवैधानिक ‘कू’ले जनतामा चोट पुयाएको छ यसको विरुद्ध सशक्त भएर जुट्नुपर्छ ।’

थापाले कम्युनिस्ट पार्टीले जनताको बारेमा नसोची आफ्नो कुर्सी र पद बचाउन लागिपरेको आरोप लगाएका छन् । ‘पार्टीले जनताभन्दा पद बचाउन जे पनि गर्न सक्छ, उदाहरणका लागि ओलीको कथित राष्ट्रवाद हे¥यौं ।’ उनले भने, ‘कुर्सी हल्लिएको बेला कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय ल्याए पछि चुचे नक्सा कता हरायो ।’

उनले प्रधानमन्त्रीले जी न्युजसँग दिएको अन्तरर्वातालाई पनि राष्ट्रवादको फण्डा मात्र भएको बताएका छन् । ‘कुर्सी फेरि हल्लिएपछि तामझामका साथ अन्तरवार्ता दिनुभयो भारतका मिडियालाई कुर्सि बचाउन ओलीले ल्याएका हुन् ।’ उनले भने ।

कोइरालाले ओलीले निर्वाचन कुनै पनि हालतमा नगर्ने बताएका छन् । उनले ओलीले निर्वाचन गर्छन् भन्ने भ्रममा जनता नपर्न आग्रह गरेका छन् । साथै उनले कांग्रेसले सर्वोच्चको फैसला मान्नुपर्ने जिकिर गरेका छन् । उनले कांगे्रस चुनावमा जान नडराएको बताउँदै यदि चुनावमा होमिनुपरे जनतासँग माफी मागरे ‘सुध्रिएको कांग्रेस’ भई चुनाव लड्ने बताएका छन् ।

त्यस्तै सभालाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले देशको गतिविधिको मुख्य कारण भ्रष्टचार रहेको बताएका छन् । उनले सभामा प्रधामन्त्रीको विरुद्ध भन्दा पोखरा महानगरको बेथिति विरुद्ध बोल्न समय खर्चेका थिए । उनले पोखरामा महानगरमा सबैभन्दा बढी भ्रष्टचार भएको दाबी गरेका छन् । उनले भने, ‘महानगरले १३ करोडको भ्रष्टचारलाई पौने २ करोड दाबी गरेपनि भ्रष्टचार ‘भ्रष्टचार’ नै हो ।’

उनले पार्किङ शुल्कको विषयमा बोल्दै महानगरले यसमा गैरजिम्मेवारी पूर्णकार्य गरेको आरोप लगाएका छन् । उनले भने, ‘अहिले सार्वजनिक स्थानमा पार्किङ सञ्चालन छ, हामीले पार्किङको उपयुक्त स्थान देखाएका थियौं तर बेथिति र भ्रष्टचारमा १० औं गुना अगाडि छन् ।’ उनले पृथ्वीचोकको बसपार्क पनि कम्युनिस्ट भएसम्म नबन्ने दाबी गरेका छन् । ‘मैलै फेरि नि भन्छु, बसपार्क एरिया एमालेको भोट बैंक हो, त्यसैले पृथ्वीचोकमा बसपार्क बन्दैन ।’ उनले भने ।

सभालाई सम्बोधन गर्दै महिला नेतृ सरस्वती गुरुङले ओलीको कार्यलाई ट्रम्पको कार्यसँग तुलना गरेकी छिन् । उनले लोकतन्त्रको हत्यारामा विदेशीलाई ट्रम्प र नेपालीलाई ओली हेरे पुग्ने बताएकी छिन् ।

कांग्रेसको पुष १९ गते बसको केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध लगातार ३ दिनसम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले आज शनिबार ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरेको हो । यस्तै माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले पुस १३ गतेयता चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

कमेन्टहरु
Loading...