प्रचण्डले पदभन्दा ठूलो केही देखेनन्ः मन्त्री शाह

काठमाडौं । सहरी विकासमन्त्री प्रभु शाहले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पदभन्दा बाहिर आएर मुलुकका लागि सोच्न नसकेको बताएका छन् ।

आज काठमाडौंमा आयोजना भएको नेकपा ओली पक्ष प्रदेश १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री शाहले माओवादी आन्दोलनलाई प्रचण्डले पदका लागि बेचेको आरोप लगाएका हुन् ।

प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई समेत बेचेको शाहको आरोप थियो ।

नेपालको कम्युनिस्ट पार्टीलाई प्रचण्डमुक्त बनाउनु आजको आवश्यकता भएको उनको भनाई रहेको छ । प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई संकटमा पु¥याएको र पद कै लागि सरकार असफल बनाउन खोजेको उनको आरोप रहेको थियो । प्रचण्डसंग मिलेर पदका लागि माधवकुमार नेपाल तथा झलनाथ खनालले समेत पार्टीलाई विभाजन गराएको मन्त्री शाहले उक्त कार्यक्रममा बताएका थिए ।

कमेन्टहरु
Loading...