कांग्रेससंग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन गर्ने विषयमा कुरा भइसकेको छः अध्यक्ष नेपाल

दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतन्त्रमा हुनुपर्ने गुण हुँदै नभएको दावी गरेका छन् ।

प्रेस संगठन दाङले आज आयोजना गरेको कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा कम्युनिस्टहरुमा हुनुपर्ने चरित्रहरु नभएको दावी गरेका हुन् । ओलीलाई आलोचना खप्न तथा अरुको कुरा सुन्न सक्ने साहस नभएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै अध्यक्ष नेपालले आफूहरुले नेपाली कांग्रेससंग कुरा गरिसकेको र मिलेर संयुक्त रुपमा संघर्षमा जाने स्पष्ट पारेका छन् ।

लोकतन्त्रको रक्षाका निम्ति नेकपा प्रचण्ड–नेपाल समुह तथा कांग्रेस एकजुट हुनुको विकल्प नभएको अध्यक्ष नेपालको भनाई थियो ।

कार्यक्रम अवधिभरी प्रधानमन्त्री ओलीविरुद्ध आलोचनाका शब्द बोलेका अध्यक्ष नेपालले ओली समुहको नेकपालाई ओली गुटको संज्ञा दिएका छन् । समाजवादप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो नभएको उनको आरोप थियो ।

कमेन्टहरु
Loading...