नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही स्वरुप स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आज बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको बैठकले प्रधानमन्त्री ओलीसंग स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी नेता भीम रावलले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीलाई यस अगाडि पनि अनुशासन उल्लंघन गरेको आरोप लागउँदै कारवाही स्वरुप पार्टीको अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो । ओलीले पार्टीको अनुशासन विपरीत विभिन्न कामहरु गरेको, पार्टीको हितभन्दा बाहिर गएर काम गरेको तथा राज्य स्रोतको अनावश्यक दुरुपयोग गरेको पार्टीले आरोप लगाएको छ ।

यस्तै आजको बैठकले पार्टीका महासचिव विष्णु पौडेललाई समेत कारवाही गर्ने निर्णय गरेको छ । कारवाही स्वरुप पौडेललाई पदबाट हटाउने निर्णय भएको पार्टी नेता तथा स्थान्यी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिएका छन् ।

यस्तै नेता देवराज घिमिरेलाई पनि प्रदेश १ को अध्यक्ष पदबाट निस्काष्न गरिएको छ । उनको स्थानमा घनेन्द्र बस्नेत चयन भएका छन् । सोही प्रदेशको सहइन्चार्जमा सुरेन्द्र कार्की, जयन्ती राई तथा राजेन्द्र राई चयन भएका छन् ।

कमेन्टहरु
Loading...