पोखरामा सञ्चारकर्मीहरु सम्मानित

पोखरा । पोखरामा विभिन्न पत्रकारहरु एकैपटक सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाको १५ औं साधारणसभाका अवसरमा पत्रकारलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान तथा पत्रकारिता पुरस्कार प्रदान गरेका थिए ।

महासंघले पत्रकार कृष्ण दवाडी सहित अन्य पत्रकारहरुलाई सम्मान गरेको हो । पत्रकार दवाडीलाई नगद १० हजार तथा सम्मानपत्रबाट सम्मानित गरिएको हो । यसैगरी राससका तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालय प्रमुख नारायण कार्की र्कीति स्मृति वृत्ति सम्मानबाट सम्मानित भएका छन् । स्वर्गीय सूर्यबहादुर केसीद्वारा स्थापित एवं पत्रकार महासंघद्वारा सञ्चालित सो सम्मानको राशि १ लाख ११ हजार १ सय ११ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

यसैगरी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७६ बाट महासंघका पूर्वअध्यक्ष एवं वर्तमान केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली सम्मानित भएका छन् । सो सम्मानको राशि ५५ हजार ५ सय ५५ रहेको छ । विभिन्न दाताहरुको सहयोगमा स्थापित एवं महासंघ कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कार २०७७ बाट भरत कोइराला, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७६ बाट अर्जुन गिरी, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७७ बाट भीम थापा सम्मानित भएका छन् ।

त्यसैगरी मिना सृजनशील पत्रकारिता पुरस्कार २०७६ बाट रोशनी गुरुङ, टंकादेवी तलुुसीप्रसाद पत्रकारिता पुरस्कार २०७६ बाट कमल पोडैल अथक र २०७७ बाट मोतीसागर अधिकारी पुरस्कृृत भएका छन् । यसैगरी आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका थिए । साधारणसभामा पोखरा पत्रकारिता सम्मानबाट यसवर्ष संस्थागत रुपमा सूर्यप्रेम बहुउद्देश्य समाज सेवा ट्रसलाई सम्मान गरियो भने महासंघका कार्यालय प्रमुख जगत कार्कीलाई दीर्घ सेवा सम्मान १० हजारसहित सम्मान गरिएको थियो । रासस

कमेन्टहरु
Loading...